Sagun Khabar
सुदूरपश्चिमको नीति तथा कार्यक्रम सार्वजनिक, के छ नीति तथा कार्यक्रममा ? 

कैलाली –सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। 

प्रदेश प्रमुख नजिर मियाँले आइतबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा केही नयाँ र अधिकांश पुरानै कार्यक्रम समेटिएका छन् । प्रदेश राजधानी निर्माणको काम अघि बढाइने नीति  तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

Atrya hospital

सुदूरपश्चिम प्रदेशसभाको २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो । तर राजधानीमा संरचना निर्माण लगायतका अरु कामहरु अझै अघि बढ्न सकेको छैन् । 

यस्तै सुदूरपश्चिम सरकारले कमैया कमलरी र हलियाका बालबालिकालाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने विषय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेको छ । प्रदेश सरकारकाले कमैया कमलरी र हलियालाई सीमान्तकृत वर्गका विद्यार्थीलाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने कुरा उल्लेख गरिएको छ । 

गरिब, विपन्न, शहीद बेपत्ता र घाइते परिवार, अपाङ्ग, महिला, दलित, मुक्त कमैया कमलरी हलिया र सीमान्तकृत वर्गका छात्रछात्रा तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा, चिकित्सा शिक्षातर्फको एमबीबीएस विषय अध्ययन गर्न छात्रवृत्ति दिइने विषयमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा राखिएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update