Sagun Khabar
दार्चुलाको गोकुलेश्वर बजारमा फोहर गरे जरीवाना 

दार्चुला –दार्चुलाको गोकुलेश्वर बजारमा फोहर गरेमा जरीवना हुने भएको छ । शैल्यशिखर नगरपालिका ९ स्थित गोकुलेश्वर बजारमा फोहरमैला बढ्दै गएपछि जथाभावी फोहर फाल्नेलाई जरीवाना गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । जथाभावी फोहर फाल्नेलाई पहिलो पटकका लागि एक हजार जरीवाना गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

केही दिन अघि नगरप्रमुख अमरसिंह धामीको अध्यक्षतामा बसेको स्थानीय, जनप्रतिनिधि, प्रहरी तथा सरोकारवालाहरुको बैठकले गोकुलेश्वर बजारको फोहोर व्यवस्थापन नहुँदा प्रदुषण बढेकाले व्यवस्थापनका लागि जरिवाना गर्नेे निर्णय गरिएको नगरपालिकाले जनाएको छ । 

Atrya hospital

नगरपालिकाले गरेको निर्णयको उल्लंघन गरेमा एक हजार रुपैँया जरिवाना लिइने र पटकपटक अवज्ञा गरिए त्यस्ता घर, पसल तथा होटलहरुलाई नगरपालिकाबाट प्रदान गरिने सेवा सुबिधाबाट पनि वञ्चित गरिने निर्णय भएको छ ।

बैठकले गोकुलेश्वरका प्रत्येक घर, पसल तथा होटलहरुलाई १÷१ थान डस्टबिन नगरपालिकाबाट उपलब्ध गराउने र फोहोरमैला व्यवस्थापन बाफत प्रत्येक उपभोक्ताले १÷१ सय रुपैँया हरेक महिना नगरपालिकालाई बुझाउनुपर्ने निर्णय समेत गरेको जनाइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  ०९:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update