Sagun Khabar
पहिरोले बैतडीको ढोल्यामोड–हाट सडक अवरुद्ध 
फाइल फोटो
Atrya hospital

बैतडी –लगातारको बर्षाले बैतडीको ढोल्यामोड –हाट सडक अवरुद्ध भएको छ । सो सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय धनसिंह साउँदले जानकारी दिए । सडक अवरुद्ध हुँदा स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ ।

पुर्चौंडी नगरपालिकाको केन्द्र पुग्ने मानिसहरु ढोल्यामोडबाटै हिडेर पुग्नुपर्ने बाध्यता रहेको उनले बताए  । कच्ची सडक भएकाले सडकको ठाउँठाउँमा पहिरो खसेको छ । सडक अवरुद्ध हुँदा व्यापारीहरुलाई समेत समस्या भएको छ । 

व्यापारिक प्रयोजनका सामग्री समेत बोकेर ल्याउनुपर्ने बाध्यता रही आएको छ । बर्षातको समयमा हरेक बर्ष सो सडक अवरुद्ध हुन गरेको स्थानीयहरुले बताएका छन् । सडकमा खसेको पहिरो पन्छ्याउने कार्य हुन सकेको छैन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  ०९:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update