Sagun Khabar
झुलाघाट नाकामा ३ हजार बढीको कोरोना परीक्षण 

बैतडी –भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा अहिले सम्म ३ हजार ३९९ जनाको कोरोना परीक्षण गरिएको छ । भारतबाट फर्केका ती नागरिकको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको हो । गएको चैत १० देखि सीमा नाकामा हेल्थडेस्क स्थापना गरेर भारतबाट फर्किने सबैको कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

झुलाघाट नाकाबाट फर्केका नागरिकको कोरोना परीक्षण गर्दा अहिले सम्म १११ जनामा कोरोना पुष्टि भएको झुलाघाट हेल्थडेस्कमा कार्यरत स्टाफ नर्स मनिषा बुडालले जानकारी दिइन् । उनले भनिन् ‘हामीले नाकाबाट फर्कने सबैको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्ने गरेका छौं ।’

Atrya hospital

कोरोना संक्रमणको रोकथाम र व्यवस्थापन गर्ने कार्यक्रम अन्तर्गत झुलाघाट नाकाबाट फर्किने सबै नागरिकको कोरोना परीक्षण गर्ने गरिएको उनले बताइन् । 

रिपोट पोजेटिभ आएकाहरुलार्ई आइसोलेसनमा बस्नका लागि पठाउने गरिएको बुडालले बताइन् । झुलाघाट नाकामा रहेको हेल्थ डेस्कबाट अहिले पनि कोरोना परीक्षण कार्य जारी रहेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्य सर्तकताका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 

कोरोना भाइरसको जोखिम कायमै रहेकाले नियमित रुपमा साबुनपानीले हात धुने, मास्कको उचित प्रयोग गर्ने र भौतिक दुरी कायम गर्नुपर्ने जस्ता कुरामा ध्यान दिनुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  ०७:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update