Sagun Khabar
सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता शाहीद्वारा शपथ ग्रहण 

कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नाजिर मियाँको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश शान्तिसिंह थापाले मुख्य न्यायाधिवक्ता शाहीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले मुख्य न्यायाधिवक्तामा शाहीलाई नियुक्त गरेसँगै शनिवार शपथ ग्रहण गराइएको हो । 

Atrya hospital

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री दीर्घबहादुर सोडारी, मुख्यमन्त्री कार्यालयका सचिव शिवराम पोखरेल, प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेश ढुङ्गाना, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली लगायत उपस्थिति थिए । 

शपथ ग्रहणपछि मुख्य न्यायाधिवक्ता शाहीले विधि र कानुनमा टेकेर काम गर्ने बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update