Sagun Khabar
पाटनको रोजगार शाखाका प्राविधिक चन्दको करार सेवा रद्ध 

बैतडी –बैतडीको पाटन नगरपालिकाले रोजागार शाखामा कार्यरत प्राविधिक सम्राट चन्दको करार सेवा रद्ध गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कतिपय ठाउँमा उपभोक्ताबाट पैसा उठाएको,कामको सही मूल्यांकन नगरेको लगायतका गुनासा आएपछि कार्यपालिका बैठकले सो निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले बताए । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गरेको कामको पुनर्मूल्यांकनका लागि जिल्ला समन्वय समितिसंग आवश्यक सहयोग मागेर कामको पुनर्मूल्यांकन गर्ने निर्णय समेत भएको उनले बताए । उनले भने ‘काम गरेको ठाउँका नागरिकले ज्याला नपाएको गुनासो गरेका छन् । उनीहरुको गुनासो सम्बोधनका लागि फेरी प्राविधिक मूल्यांकन गर्ने निर्णय गरेका छौं । प्राविधिक मूल्यांकनबाट आएको रिपोट अनुसार स्थानीयका समस्या समाधान गर्छौ ।’

Atrya hospital

बैतडीको पाटन नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न वडामा सञ्चालित योजनामा प्राविधिक सम्राट चन्दले पैसा नदिएको ठाउँमा कामको सही मूल्यांकन नगरेको आरोप लागेको छ । 

वडा नं ४ मा प्राविधिक चन्दले बढी हाजिर देखाएर नगरपालिकाबाट थप पैसा निकासा गरेको पाइएपछि स्थानीयबासी आन्दोलित भएका थिए । यस्तै वडा नं ८ मा सही प्राविधिक मूल्यांकन नगरेको भन्दै स्थानीयबासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । 

यस्तै पाटन नगरपालिका वडा नं ५ का स्थानीयहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गरेको पैसा नपाएको भन्दै नगरपालिका पुगेका छन् । 

यो बिषयमा पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले मजदुरहरुका समस्या समाधानका लागि गरेको कामको पुनर्मूल्याकंन गर्ने बताए । प्राविधिक मूल्यांकन अनुसार गरेको कामको पैसा निकासाका लागि केन्द्रसंग पहल गर्ने पनि उनले सुनाए । 
 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update