Sagun Khabar
दार्चुलामा अवैध यार्सागुम्बा सहित एकजना पक्राउ 
Atrya hospital

दार्चुला –दार्चुलामा अवैध यार्सागुम्बा सहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर ३ सिनाका २४ बर्षीय ग्रिस कुवरलाई यार्सा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

कुँवरलाइ जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ३ ब्रह्मदेब चोकपोष्टमा चेकजाँच गर्दा उनको साथबाट ३ पोका पालाष्टिक भित्र राखेको अवैध यार्सागुम्बा सहित पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए ।

बरामद गरिएको यार्सागुम्बा सहित ती व्यक्तिलाई अपिनाम्पा संरक्षण क्षेत्र  कार्यालयमा बुझाएको सुचना अधिकारी चन्दले बताए । 
 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १७:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update