Sagun Khabar
काफलको रुखबाट खसेर बाजुरामा एक महिलाको मृत्यु 
Atrya hospital

बाजुरा –बाजुरामा काफलको रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका–६ सायल घर भई बडीमालिका नगरपालिका–८ मार्तडी बस्दै आएकी ६१ वर्षीया मनादेवी भारतीको काफलको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

काफल टिप्न गएकी उनी बुधवार राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा काफलको रुखबाट खसेर मृत अवस्थामा फेला परेकी हुन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update