Sagun Khabar
बैतडीको दनपामा एकैदिन ८ जनामा संक्रमण पुष्टि 

बैतडी – बैतडीमा फेरी कोरोना संक्रमणदर बढ्न थालेको छ । निषेधाज्ञामा खुकुलो भएसंगै संक्रमणदर बढ्न थालेको हो । बुधबार दशरथचन्द नगरपालिकाका ८ जनामा कोरोना पुष्टि भएको  स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै बुधबार थप तीनजना संक्रमणमुक्त भएका छन् । सुर्नया गाउँपालिकाका २ जना र दशरथचन्द नगरपालिकाका एक जना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ । 

Atrya hospital

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २८ रहेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १२ जना, पाटन नगरपालिकामा ३ जना र दोगडाकेदार गाउँपालिकामा ३ जना रहेका छन् । 

यस्तै सिगास गाउँपालिकामा २ जना,डिलाशैनी गाउँपालिकामा २ जना, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका ३ जना सक्रिय संक्रमित रहेका बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १५:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update