Sagun Khabar
कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु 

कैलाली –कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

आइतबार दिउँसो जिल्लाको कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको हो । गम्भीर घाइते अवस्थामा खड्काको उद्दार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो । 

Atrya hospital

साँउदलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

दुवै बालबालिकाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update