Sagun Khabar
कैलालीका जलाधार अधिकृत पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर 
Atrya hospital

कैलाली –कैलालीका जलाधार अधिकृत विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । 

तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले सेवाग्राहीसँग एक लाख २० हजार घुस मागेको पुष्टि भएपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।
उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नेपालगञ्जको टोलीले वैशाख ५ गते सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख २० हजार बिगो मागदावी गरेको अख्तियारले जनाएको छ । उनी विरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update