Sagun Khabar
पत्रकार उपाध्यायलाई आईकन अफ सुदूरपश्चिम अवार्ड

कैलाली –नेपाल युवा परिषदले पत्रकार दीर्घराज उपाध्यायलाई आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरेको छ ।

नेपाल युवा परिषदद्वारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा पश्चिम टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक उपाध्यायलाई पत्रकारिता बिधातर्फको आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरिएको हो ।

Atrya hospital

प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले पत्रकार उपाध्यायलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरे ।

पत्रकारिताका माध्यमबाट सुदूरपश्चिमको पर्यटन क्षेत्रको विकासमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै नेपाल युवा परिषदले आईकन अफ सुदूरपश्चिम अवार्डबाट पत्रकार उपाध्यायलाई सम्मान गरेको जनाएको छ । 

बिहीवार शुरु भएको प्रदेश युवा सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको दोस्रो दिन बिभिन्न बिधामा योगदान पु¥याउने व्यक्तिहरुलाई आईकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको हो ।

सम्मेलनमा सुदूर पश्चिम प्रदेशका रक्तदाताहरु मध्ये सर्वाधिक १ सय ५ पटक रक्तदान गर्ने दीपक उपाध्याय, उद्योगीतर्फ आदित्य अग्रवाल, शिक्षा क्षेत्रतर्फ अनिता जोशी, समाजसेवातर्फ कल्पना भट्ट, संगीततर्फ रेखा जोशी, सूचना प्रबिधितर्फ दिपेन्द्र जोशी लगायतलाई आईकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको नेपाल युवा परिषदले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update