Sagun Khabar
कैलालीका सीमा नाका आजदेखि बन्द 

कैलाली –भारतसंग जोडिएका कैलालीका सीमा नाका आजदेखि बन्द हुने भएका छन् । 

भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा यही वैशाख ३१ गते चुनाव हुने भएकाले शुक्रबार साँझदेखि सीमा नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

Atrya hospital

भारतीय पक्षको अनुरोधमा वैशाख २८ गतेदेखि मतदान सम्पन्न नहुँदा सम्म नेपाल–भारत सीमा नाका बन्द रहने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए । 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सीमा नाका बन्द गरिने सूचनामा उल्लेख गरिएको छ । 

Kailali-1715312472.jpeg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update