Sagun Khabar
बैतडीका एक युवकको भारतमा करेन्ट लागेर मृत्यु 
Atrya hospital

बैतडी –रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ का चक्र घटालको करेन्ट लागेर मृत्यु भएको हो ।

भारतको एक होटलमा कार्यरत उनको मंगलबार करेन्ट लागेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । फ्रिजबाट सामान निकाल्ने क्रममा घटालको करेन्ट लागेर मृत्यु भएको बताइएको छ । 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १०:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update