Sagun Khabar
बैतडीको सुर्नया ६ मोतीनगरमा विद्युत विस्तार 
Atrya hospital

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ को मोतीनगरमा विद्युत विस्तार गरिएको छ । विद्युत विस्तार गर्ने क्रममा मोतीनगरमा राखिएको ट्रान्सफर्मरमा चार्ज गरेर विद्युत बालेको नेपाल विद्युत प्राधिकरण पाटन युनिटका सुपरभाईजर पुष्पराज भट्टले जानकारी दिए । 

तत्कालका लागि झण्डै ५० घरमा विद्युत बलेको छ । अन्य घरमा पनि विद्युत विस्तार कार्य जारी रहेको उहाँले बताउनुभयो । वडाका प्रत्येक टोलमा विद्युत विस्तार गर्ने कार्यक्रम अन्तर्गत मोतीनगरमा विद्युत विस्तार गरिएको सुर्नया गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष जयबहादुर कुँवरले बताए । 

वडाका विद्युत विस्तार हुन बाँकी रहेका टोलमा पनि विद्युत विस्तार गरिने उनले बताए । मोतीनगरमा रहेको ट्रान्सफर्मरबाट विद्युत बाल्ने कार्य मंगलबार सम्पन्न भएको हो । सो कार्यक्रममा सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्ट, वडा अध्यक्ष जयबहादुर कुँवर, वडा सदस्य देवबहादुर चन्द, विद्युत प्राधिकरणका सुपरभाईजर पुष्पराज भट्ट लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १०:१२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update