Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा बिरामीको चाप
Atrya hospital

बैतडी– जिल्ला अस्पताल बैतडीमा उपचार गर्ने बिरामीको चाप बढ्नथालेको छ । अन्य समयको तुलनामा अहिले आकस्मिक कक्ष तथा ओपिडीमा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । अन्य समयको तुलनामा अहिले गर्मीको समय भएकाले उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन्ट डा सुशील बिकले बताए ।

अहिले ज्वरो, पेट दुख्ने , टाईफाइड,झाडापखाला,छाला तथा मलेरिया जस्ता कीट जन्या समस्या लिएर अस्पतालको आकस्मिक कक्ष तथा ओपिडीमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढदै गएको हो । सामान्य दिनमा जिल्ला अस्पतालमा धेरै बिरामी नआउने भए पनि गर्मी लागे संगै अहिले दैनिक रुपमा डेढसय भन्दा धरै बिरामी अस्पतालमा उपाचार गर्न आउने गरेका छन्  ।

अहिले गर्मीको समयमा तातो हावा तथा तातो लहरबाट लाग्ने रोगहरु बाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने तथा सरसफाइ र खानपानमा समेत ध्यान दिनु पर्ने डाक्टर बिकले बताए ।    

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update