बैतडीमा डढेलोमा परी दुई जना घाइते
                        
                        
                                                
                                            
                                                                    बैतडी– बैतडीमा जंगलमा लागेको डढेलोमा परी दुई महिला घाइते भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–१ देउमडाकी ५४ वर्षीया मानमती भुल र ४६ वर्षीया धौली भुल डढेलोमा परि घाईते भएको स्थानीय प्रबिन टेलरले बताए । दुईवटै महिला स्थानीय जंगलमा लागेको डढेलोमा परी घाइते भएका हुन ।
घाइते दुवैलाई स्थानीयहरुले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल बैतडी पठाईएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । घरनजिकैको स्थानीय जंगलमा घाँस काट्ने क्रममा हुरीसँगै आएको डढेलोमा परी दुवै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुवै जनाको अवस्था मध्यम रहेको जोशीले बताए । घटनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:४५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
