Sagun Khabar
बैतडीमा महिलामाथि हुने हिंसाका घटना बढ्दै 

बैतडी –बैतडीमा महिलामाथि हुने हिंसा बढ्दै गएका प्रहरीको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गत आर्थिक बर्षमा जिल्ला प्रहरीमा दर्ता भएका १६० मुद्दा मध्ये अधिकांश महिला हिंसाका भएका बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पाटनमा दर्ता भएका मुद्दा मध्ये अधिकांश महिला हिंसासंग सम्बन्धित भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए  । गत आर्थिक बर्षमा १७ ओटा जबरजस्तीकरणीका मुद्दा प्रहरीमा दर्ता भएका छन् भने ५ ओटा जबरजस्तीकरण उद्योग मुद्दा दर्ता भएका छन् । 

Atrya hospital

यस्तै बहुविवाहका २ ओटा, बालविवाहका दुईओटा, अवैध गर्भपतन सम्बन्धि एउटा र मानव बेचबिखन तथा ओसारपोसार सम्बन्धि २ ओटा मुद्दा दर्ता भएका प्रहरी निरीक्षक ओझाले जानकारी दिए ।

यस्तै गत आर्थिक बर्षमा प्रहरीमा घरेलु हिंसा सम्बन्धि ४० ओटा ठाडो उजुरी दर्ता भएका र सबै मिलापत्र गरेर टुंगिएका उनले बताए । जिल्लामा विभिन्न कारणले महिलामाथि हिंसा हुने गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  ०८:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update