Sagun Khabar
बैतडीमा निःशुल्क आँखा शिविर सञ्चालन हुने
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी– बैतडीमा आँखा शिविर लाग्ने भएको छ । जिल्लाको सुर्नया गाँउपालिका,शिवनाथ गाँउपालिका,पुर्चौडी नगरपालिका र च्यारिटि हेल्थ फाउण्डेसन नेपालको सयुक्त आयोजना तथा धनगढि नेत्रालय प्रा लिको प्राविधिक सहयोगमा बृहत निशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन हुने धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताए ।

पालिका र च्यारेटी हेल्थ फाउन्डेसनको संयुक्त आयोजनामा लाग्ने आँखा शिविर यहि बैशाख २२, २३ र २४ गते पुर्चाैडी नगरपालिका हाट को पुरानो स्वास्थ्य चौकीमा संञ्चालन हुने अध्यक्ष चन्दले बताए ।  तीन दिनसम्म चल्ने आँखा शिविरमा आँखाका बिरामीहरूको निःशुल्क चेकजाँच तथा परामर्श,आँखाको मोतिविन्दु, जलविन्दु र आँखामा मासु पलाएका बिरामीहरूको शल्यक्रिया द्धारा निःशुल्क उपचार गरिने बताईएको छ । शल्यक्रिया गरेका ब्यात्तिलाइ आवश्यक औषधी र कालो चस्मा समेत निःशुल्क वितरण गरिने चन्दले बताए ।

यस्तै सुर्नया गाँउपालिकाको शंकरपुर स्वास्थ्य चौकी र बाशुलिङ्ग स्वास्थ्य चौकीमा २६ र २७ गते र शिवानाथ गाँउपालिका सुल्लेखानमा २९ र ३० गते बृहत निशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन हुने धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update