बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिकामा साहित्य सम्मेलन तथा नेपाल–भारत काव्य गोष्ठीको मंगलबार (आज) उद्घाटन गरिएको छ । राष्ट्रिय संरक्षण अभियानको आयोजना र दोगडाकेदार गाउँपालिकाको प्रवर्द्धनमा खोचलेकमा सुरु भएको सम्मेलन तथा गोष्ठीको नेपाल सरकारका पुर्व परराष्ट्र मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवंम बरिष्ठ साहित्यकार प्रदिप कुमार ज्ञवालीले गर्नु भएको हो ।
स्थानीय लोक संस्कृतीको संरक्षण गर्ने उद्देश्यले आयोजित सम्मेलनको उद्घाटन समारोहमा स्थानीय छलिया नृत्य लगायत स्थानीय कला संस्कृतिको प्रस्तुति सहित कार्यक्रमको उद्घाटन गरिएको छ । दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्किको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पुर्व परराष्ट्र मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवंम बरिष्ठ साहित्यकार प्रदिप कुमार ज्ञवाली रहेका थिए भने नेकपा एमालेका नेता तथा सुदूरपश्चिम प्रदेश सरकारका पुर्व मुख्यमन्त्री राजेन्द्र सिहं रावल लगायत नेपाल तथा भारतबाट आएका बरिष्ठ साहित्यकारहरुको समेत उपस्थीति रहेको राष्ट्रिय संरक्षण अभियानका अध्यक्ष हेमबावु लेखकले जानकारी दिए ।
सम्मेलनमा नेपाल र भारतका १०० बढी लेखक,साहित्यकार र कविहरूको सहभागीता रहने जनाएको छ । सम्मेलनमा साहित्यिक कार्यक्रमका साथै नेपाली सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिने छ । कवि गोष्ठी, विद्वानहरूको कार्यपत्र प्रस्तुतलगायतका गतिविधिका साथमा स्थानीय पर्यटकीय स्थलको भ्रमण गराइनेछ । नेपाल र भारत सांस्कृतिक र साहित्यक हिसाबले पनि नजिक रहेका मुलुक भएकाले दुवै देशका साहित्यकारहरुको सहभागितामा सम्मेलनको आयोजना गरिन लागीएको हो । कार्यक्रममा विभिन्न बरिष्ठ ब्यात्तिहरुले बोल्दै यस कार्यक्रमले दुबै देशका सांस्कृतिक तथा मौलिक पक्षमा टेवा पुग्ने बताएकाछन् । सम्मेलन भोली सम्म चल्ने आयोजकले जनाएको छ ।




                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
