Sagun Khabar
बैतडीको सिगास गाउँपालिकाले  विपदजन्य घटनाका प्रभावित परिवारलाई राहात रकम वितरण गर्दै
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी– बैतडीको सिगास गाउँपालिकाले राहातजन्य कार्यक्रममा समेटिएका प्रभावित व्याक्ति र परिवारलाई राहात रकम वितरण गरिरहेको छ । गत आर्थिक वर्षमा विपदजन्य घटनामा प्रभावित भएका परिवारहरुलाई गाउँपालिकाले वडा–वडामा पुगेर राहातको रकम वितरण गरिरहेको गाउँपालिकाका विपद व्यवस्थापन सहायक हरि सिंह साउँदले जानकारी दिए । पालिकाका वड न.१,वडा न.८ र वडा न. ९ मा मंगलबार (आज) सम्म वितरण गरिसकिएको साउँदले बताए । 

यसैगरी पालिकाले बिरामी तथा विभिद कारणले घाइते भएका परिवारलाई पनि आर्थिक सहायता प्रदान गरिन लागिएको छ । आर्थिक अवस्था न्युन रहेका दीर्घरोगीहरु, भिरबाट लडेर घाइते भएकाहरुलाई सामान्य उपचार खर्च र मृत्यु भएका परिवारलाई किरिया खर्च पनि उपलब्ध गराउने उद्देश्यले ११ लाख ३० हजार रुपैया वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ । यस कार्यक्रममा करिब ७० जना लाभग्राही रहेको गाउँपालिकाले जनाएको छ ।  

विपदजन्य घटनामा प्रभावित बाढीपहिरो, भुकम्प, आगलागी, भिरबाट लडेर घाइते भएका वा मृत्यु भएका नागरिकका परिवारलाई आर्थिक सहायताका रकम वडातहमै पुगेर वितरण गर्ने  काम भइरहको साउँदले बताए । जसमा घटनाका प्रभावित ११२ परिवारलाई १६ लाख ३८ हजार रुपैया वितरण गरिन लागिएको विपद व्यवस्थापन शाखाले जनाएको छ । प्रभाबित नागरिक बैङ्क जान समस्या र झंझ्ट हुने भएकाले राहात रकम वडामै वितरण गर्न लागिएको हो । कार्यपालिकामा गरिएका निर्णय  र प्राविधिक रिर्पाेटका आधारमा वडामै गएर राहातको रकम वितरण गर्ने काम भइरहेको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update