Sagun Khabar
सुदूरपश्चिममा मंगलबार ३७ जना संक्रमणमुक्त, थप ३३ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा मंगलबार ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका कोरोना संक्रमित मध्ये ३७ जना निको भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । ५४४ जनाको नमूना परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । मंगलबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १८:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update