बैतडी — सुर्नया गाउँपालिकाको विद्यालय समायोजनमा चरम बिबाद देखिएको छ । सुर्नया गाउँपालिका भित्रका विद्यालयहरुलाई पालिकाले एकतर्फी निर्णय गरि समायोजन गरेको भन्दै बिबाद चुलिएको हो ।
पालिकाले विद्यालय व्यवस्थापन समितिलाई जानकारी नगराई समायोजन प्रक्रिया अगाडि बढाएको भन्दै सरोकारवाला हरुले पालिकाको ध्यानाकर्षण समेत गराएका छन । शुक्रबार पालिकामा सो बिषयमा छलफल गरि पालिकाले गरेको समायोजन प्रक्रिया वैज्ञानिक र व्यवस्थित नभएको छलफलमा सहभागीहरुले बताएका छन् ।
पालिकाले विद्यालय व्यवस्थापन समितिलाई कुनैपनि जानकारी नगराइ आफु अनुकुल निर्णय गरेको भन्दै वि.व्य.स सहित सरोकारवाला हरुले असन्तुष्टि जनाएका हुन ।
सुर्नया गाउँपालिकाले गाउँकार्यपालिकाको निर्णय अनुसार पालिका भित्रका १५ ओट विद्यालयलाई समायोजनको पत्र पठाएको थियो ।
सुर्नया गाउँपालिकाले विद्यालयहरुलाई समायोजनको पत्र पठाए पनि शिक्षक हरुभने यथावत राख्ने भनि ‘काचो’ निर्णय गरेको छलफलमा सहभागी सुर्नया ६ का जयराज अवस्थीले बताए । शिक्षकहरुको व्यवस्थापन, अभिभावक,वि.व्य.स र विद्यार्थीहरुको छलफल बिनै पालिकाले एकतर्फी निणर्य गरेकोले आफुहरुले यस बिषयमा संघर्ष गर्ने उहाँले बताए ।
विद्यालय समायोजनका विषयमा जानकारी लिन पालिकाका शिक्षा शाखा प्रमुख पालिका अध्यक्ष उपाध्यक्ष तथा कार्यपालिका सदस्यहरु सँग छलफल गरेको भएपनि उनिहरुनै अन्यौलमा रहेको सुर्य प्रकास आ वि सुर्नया ४ का वि.व्य.स अध्यक्ष दिनेस भट्टले बताए ।
उनले भने “शिक्षाको गुणस्तर कायम गर्ने कुराहरुमा हाम्रो सहमति छ तर असमानताका हिसाबले विद्यार्थी सङ्ख्याको आधारमा मात्रै विद्यालय समायोजन गर्नु अस्वभाविक हो । अनुगमन समितिको प्रतिवेदन समेत समेटिएको छौन । कार्यविधि गाउँसभाबाट पारित हुनु पर्ने हो त्यो पनि भएको छैन ।”
यस्तै विद्यालय समायोजन गर्नुभन्दा पहिले विद्यालय व्यवस्थापन समिति,अभिभावक,गाउँ शिक्षा समिति लगायत सरोकारवालाहरु सँग वृहत छलफल चलाई भगौलिक हिसवले विज्ञहरुद्वारा अनुगमन गराई गाउँसभाबाट पारित गराईनुपर्ने बाशुदेव मा.वि लिस्किटाका वि.व्य.स अध्यक्ष देव बहादुर चन्दले बताए ।
उनले भने “विद्यार्थी सङ्ख्यालाई मात्र आधार मानि समायोजन कसरी गरियो ? त्यहाँको भौतिक संरचनाहरुको सम्पति व्यवस्थापन कसरि गर्ने ? विद्यार्थी भर्ना चलिरहेको समयमा पत्र पठाई अन्यौल्ता मात्रै फैलाउने काम भयो, यस्ले के शैक्षिक गुणस्तरमा साँच्चै सुधार आउछ त ?”
पालिकाले विद्यालय समायोजन गरिएको पत्र पठाए पनि भगौलिक हिसावले आफ्नो स्कुल विकटमा रहेकोले अभिभावकहरुको सल्लाह अनुसार विद्यार्थी भर्ना गराई आइतबार देखि विद्यालयमा पढाई सञ्चालन गर्ने श्री केदार आ.वि बिजुल ३ का प्रधानाध्यापक भुवन देव भट्ले बताए ।
सुर्नय ३ बिजुलबाट तडिगाउँ पुग्न २—३ घण्टाको जङ्गलको बाटो रहेकोले कक्षाा ४ मा अध्ययन गर्ने नानिबाबुहरु कुनै हालतमा पनि अन्यत्र जान सक्ने अवस्था नरहेकोले अभिभावकहरुको सल्लाह बमोजिम आफुले विद्यार्थी भर्ना गराई पढाई सञ्चालन गर्न लागेको प्रधानाध्यापक भट्टले बताए ।
उनले भने “दुई तिन घण्टाको जङ्गलको बाटो सँगै बाग भालुको डर हुन्छ । बिचमा खोला पर्छ नानिबाबु हरु तैर्न सक्दैनन् त्यसैले हामि पालिकाको निर्णय मान्न सक्ने अवस्थामा छैनाँै । शैक्षिक सुर्नया बनाउने अभियान बोकेका नेताहरुले बालबालिकाहरुको नैसर्गिक अधिकारको पनि हनन् गरिरहेका छन् । यो निर्णय कुनै हालतमा मान्य हुने छैन ।”
समायोजनका विषयमा शुक्रबार सरोकारवालाहरु सँगको छलफलमा  शिक्षा शाखा प्रमुख  पालिका अध्यक्ष उपाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले यो बिषय कार्यपालिकामा लगी थप छलफल चलाउने बताएका छन्  । 
 




                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
