Sagun Khabar
बझाङः एमाले उम्मेदवारलाई पितृशोक

बझाङ- बझाङ प्रदेश सभा क्षेत्र नं १ को उप-निर्वाचनका उम्मेदवार दमन बहादुर भण्डारीलाई पितृशोक परेको छ। नेकपा ९एमाले०का उम्मेदवार भण्डारीका बुवा चक्र बहादुर भण्डारीको ८८ बर्षको उमेरमा मंगलवार बिहान निधन भएको हो ।

उप-निर्वाचनको चुनावी प्रचारका क्रममा रहेका बेला उम्मेदवार भण्डारीका बुवाको निधन भएपछि एक दिनलाइ प्रचार प्रसार स्थगित गरिएको एमालेका बझाङ जिल्ला इन्चार्ज राजेन्द्र रावलले बताए।

मृतक भण्डारी दुई हप्तादेखि बिरामी रहेका थिए। छबिस पाथिभेरा गाउँपालिका १, भण्डारीगाउँ निवासी उनको अन्तिम संस्कार बुधवार बिहान गरिने आफन्तजनले बताएका छन।

बुधवार देखि नै चुनावी अभियानलाइ निरन्तरता दिइने इन्चार्ज रावले जानकारी दिए। गत निर्वाचनमा बझाङ(१ बाट निर्वाचित पृथ्वी बहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि यहि बैशाख १५ गते उप-निर्वाचन हुदैछ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update