Sagun Khabar
बैतडीमा मंगलबार थप ३ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा मंगलबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । ५३ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लामा अहिले २३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ५ जना, पाटन नगरपालिकामा ३ जना, दोगडाकेदार गाउँपालिकामा ३ जना, सुर्नया गाउँपालिकामा ३ जना, सिगास गाउँपालिकामा २ जना, डिलाशैनी गाउँपालिकामा २ जना, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा एक÷एक जना रहेका छन् । 

बैतडीमा जिल्ला बाहिरका ३ जना सक्रिय संक्रमित रहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update