सर्वोच्चले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिको सक्कल फाइल
                        
                        
                                                
                                            
                                                                    बैतडी-सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
नागरिक उन्मुक्ति पार्टी (नउपा)का लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा प्रारम्भlक सुनवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश नदिएको हो ।
साथै एकीकृत समाजवादीका दीर्घ सोडरीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयसहित कागजातको सक्कल प्रति समेत राखेर लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको छ । साथै रिटलाई अग्रताधिकार दिएर २३ वैशाखका लागि पेशी तोकिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १७:५०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
