Sagun Khabar
दार्चुलामा बलात्कार मुद्दामा सहचालक दोषी, चालक निर्दोष 

दार्चुला–दार्चुला जिल्ला अदालतले बलात्कारको मुद्दाका अभियुक्त गाडी चालक र सहचालकमध्ये एक जनालाई दोषी र अर्कोलाई निर्दोष ठहर गरेको छ । 

सोमबार जिल्ला अदालत दार्चुलाका न्यायाधीश लोकजंग शाहको एकल इजलासले १९ वर्षीय सहचालक सन्तोष महरलाई दोषी ठहर गरेको हो भने २७ वर्षीय चालक सुरेश बिष्टलाई उन्मुक्ति दिएको हो । दोषी ठहर भएका महरको सजाय निर्धारण भने बाँकी रहेको जिल्ला अदालत दार्चुलाले जनाएको छ ।

Atrya hospital

२०७७ माघमा १४ वर्षकी किशोरीलाई दिनभरि गाडीमा घुमाएर राति गाडी चालकको डेरामा लगी चालक र सहचालकले पालैपालो बलात्कार गरेको भन्दै मुद्धा दर्ता भएको थियो । 

बयानमा चालक र सहचालक दुबैले किशोरीसंग यौन सम्पर्क राखेको स्वीकार गरेपनि सहचालक मात्रै दोषी ठहर भएका हुन् । 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १५:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update