Sagun Khabar
बैतडीमा ४ हजार बढी सवारी साधन कारवाहीमा, २५ लाख बढी राजस्व संकलन 

बैतडी –बैतडीमा गत आर्थिक बर्षमा ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ३४३ सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरुलाई सवारी तथा यातायात ऐन २०४९ को दफा १६४ बमोजिम कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख राजेन्द्र रावलले जानकारी दिए । 

गत आर्थिक बर्षमा ८६६ ट्रक, २ हजार १२१ जिप,कार र भ्यान, ३७४ ट्याक्टर, ८३८ मोटरसाइकल, ३० ओटा टेम्पो तथा अन्य सवारी साधन कारवाहीमा परेका उनले बताए । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट २५ लाख २५ हजार रावस्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख रावलले बताए । 

Atrya hospital

लाइसेन्स बिना सवारी साधन चलाउने,क्षमता भन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने लगायतका ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कारवाही गरिएको रावलले जानकारी दिए । 

अघिल्लो आर्थिक २०७६÷७७ मा २ हजार ३७३ सवारी साधन कारवाहीमा परेका र १३ लाख २७ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

जिल्लामा अहिले तीनठाउँबाट ट्राफिक प्रहरीले नियमित रुपमा सवारी चेकजाँच गरिरहेको जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ०७:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update