Sagun Khabar
बैतडीमा सोमबार ५ जना कोरोना संक्रमणमुक्त, थप एकजनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा सोमबार ५ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ४ र पाटन नगरपालिकाका एकजना संक्रमणमुक्त भएका हुन् । यस्तै आज थप एकजनामा कोरोना पुष्टि भएको छ । सुर्नया गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिले जिल्लामा २० जना मात्रै सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ४ जना, सुर्नया गाउँपालिकामा ३ जना, पाटन नगरपालिकामा ३ जना, दोगडाकेदार गाउँपालिकामा २ जना, सिगास गाउँपालिकामा २ जना, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा एक÷एक जना रहेका छन् ।

बैतडीमा जिल्ला बाहिरका ४ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १८:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update