Sagun Khabar
कैलालीमा फेरी थपियो निषेधाज्ञा 
Atrya hospital

कैलाली –कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ । निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन २१ गतेसम्मलाई निरन्तरता दिएको  प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धारा जारी आदेशमा उल्लेख छ ।

निषेधाज्ञा थप गरेर पूर्व निर्धारित परीक्षा संचालन गर्दा एक कोठामा २५ जनालाई मात्र राख्न पाउने, गोष्ठी, तालिम, सेमिनार, बैठक संचालन गर्दा बढीमा २५ जना राख्न पाउने जारी आदेशमा उल्लेख छ ।

यस्तै व्यापार व्यवसाय र सार्वजनिक सवारी साधन भने यथावत रुपमा संचालन हुनेछन् । कोभिड संक्रमणको जोखिम कायमै रहेको र जिल्लामा संक्रमण रोक्न निशेधाज्ञा थप गरिएको बताईएको छ

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १६:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update