Sagun Khabar
बझाङमा अज्ञात समूहले सहकारी संस्थाको जिपमा आगजनी गर्यो 
Atrya hospital

बझाङ–बझाङमा अज्ञात समूहले सहकारी संस्थाको जिपमा आगजनी गरेको छ । आइतबार राति जयपृथ्वी नगरपालिका ६ नौरामा रहेको आमधारा नौरा कृषि सहकारी संस्थाको जिपमा अज्ञात समूहले आगजनी गरेको वडाध्यक्ष नरेन्द्र सिंहले बताए ।

गाउँमै पार्किङ गरी राखेको म १ च ७८३  नम्बरको जिप  अगाडीको सिसा फूटाएर पार्किङ गरेको ठाँउबाट २० मिटर अगाडी ल्याएर आगजानी गरिएको उनले बताए ।

जिपमा आगजानी कसले गरेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खडकाले बताए ।  

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update