Sagun Khabar
बैतडीका नरबहादुर रावतको दुवै मृगौला फेल, आर्थिक अभाव हुँदा उपचारमा समस्या 

बैतडी- बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ तलकट्टेका २७ बर्षीय नरबहादुर रावतका दुवै मृगौला फेल भएपछि उपचारमा समस्या भएको छ । आर्थिक अभावका कारण छोराको उपचारमा समस्या भएको उनका बुवा प्रताप रावतले बताए । 

रावतलाई उपचारका लागि काठमाण्डौं लगिएको भएपनि आर्थिक अवस्था कमजोर हुँदा समस्या भएको बालिचन धार्मिक तथा सामाजिक क्षेत्र विकास कोषका अध्यक्ष धनबहादुर क्षेत्रीले बताए । उनले भने ‘रावतको पारिवारिक आर्थिक अवस्था पनि निकै कमजोर रहेको छ । उहाँको उपचारमा सहयोग गरिदिन अनुरोध गर्दछु ।’

Atrya hospital

यसैबीच नरबहादुर रावतको उपचारमा लागि नरी रावत बचाऔं अभियान पनि सञ्चालन भएको छ । स्थानीयहरुले नरबहादुर रावतको उपचारमा सहयोग पुर्याउन सो अभियान शुरु गरेका हुन् । अभियान देहीमाण्डौं बजार व्यवस्थापन समितिले व्यापारीहरुबाट संकलन गरेर ७३ हजार ७६५  रावतको परिवारलाई हस्तान्तरण गरेको छ । 

रावतको उपचारमा धेरै रकम लाग्ने भएकाले सहयोगका लागि सबैमा अपिल गरिएको देहीमाण्डौं बजार व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर बोहराले बताए । 

नरबहादुर रावतको उपचारमा सहयोग पुर्याउन चाहनेहरुले एनएमबी बैंक गोठलापानीमा रहेको खाता नम्बर १९२०१६१३५०३०००१२ मा जमा गर्न सक्ने क्षेत्रीले बताए । 

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १५:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update