Sagun Khabar
कांग्रेसभित्र विपीको विचार ओझेलमा : कांग्रेस नेता चन्द 

नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य विनयध्वज चन्दले पार्टीभित्र विपीको विचार ओझेलमा परेको बताएका छन् । विपीको सिद्धान्तबाट कांग्रेस विचलित हुँदा अहिले समस्या आएको उनको भनाई छ । सगुन खबरसंग कुराकानी गर्दै नेता चन्दले नेपाली कांग्रेस विपी सिद्धान्त बोकर अघि बढेमात्रै सबल बन्ने बताए । उनले भने ‘अहिले पार्टीभित्र वैचारिक विचलन आएको छ । यसले गर्दा कांग्रेसका इमान्दार नेता कार्यकर्ता समस्यामा परेका छन् ।’

विपी विचार राष्ट्रिय समाजका महासचिव समेत रहेका चन्दले अहिले आफूहरुले पार्टीभित्र विपीको विचार स्थापित गराउन ७७ ओटै जिल्लामा संगठन बनाएको दाबी गरेका छन् । उनले भने ‘हामीले पार्टीभित्र वैचारिक क्रान्ति शुरु गरेका छौं । थोरै मानिसलाई भएपनि हामीले विपीको विचारका बिषयमा जानकारी दिन भ्याएका छौं । केही पुस्तकहरु प्रकाशन गरेका छौं । ती पुस्तकहरुमा विपीको विचारको व्याख्या गरेका छौं ।’

Atrya hospital

नेपाली कांग्रेसको महाधिवेशनको बिषयमा सोधिएको प्रश्नमा नेता चन्दले आफू महाधिवेशन कुरीरहेको बताए । तर समयमै महाधिवेशन हुनेमा उनले पनि आशंका व्यक्त गरेका छन् । उनले भने ‘म व्यक्तिगत रुपमा भन्दा महाधिवेशन कुरीरहेको छु । समयमै महाधिवेशन हुनुपर्छ भन्ने मान्यता छ ।’

यस्तै नेता चन्दले कांग्रेसमा पुराना नेताहरुको अनुभवको उपयोग नभएको गुनासो गरेका छन् । पार्टी अवसरवादीहरुको चगुंलमा फसेको उनले बताए । उनले भने ‘पुराना नेताहरुको अनुभवका आधारमा पार्टी अघि बढ्नुपर्ने हो तर अहिले पार्टीभित्र अवसरवादी प्रवृति हावी भएको छ ।’
 

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १५:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update