Sagun Khabar
नागरिक उन्मुक्तिकी अध्यक्षले गरिन राज्यमन्त्री गिरीलाई   कारबाही

धनगढी- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन्। उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन्। पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नआएपछि हटाउने निर्णय लिएको श्रेष्ठले बताइन्। रेशम चौधरी पक्षले गिरिलाई मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update