Sagun Khabar
दार्चुलाको महाकाली नगरपालिकाका प्रवक्ताले दिए राजीनामा 
Atrya hospital

दार्चुला –दार्चुलाको महाकाली नगरपालिकाका प्रवक्ताले राजीनामा दिएका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष एवम् नगर प्रवक्ता पुष्करराज जोशीले राजीनामा दिएका हुन् ।

सामाजिक विकास समितिका संयोजक समेत रहेका उनले संयोजक र नगर प्रवक्ता दुवै पदबाट राजीनामा दिएको बताइएको छ । राजीनामा दिनुको कारण नखुलाएका वडाध्यक्ष जोशीले आइतबार राजीनामा पत्र नगर प्रमुख हंसराज भट्ट सामु बुझाएको बताइएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  ०८:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update