Sagun Khabar
सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना 
Atrya hospital

बैतडी –सुदूरपश्चिमका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पर्सि बुधबार सम्मै देशभर झरी पर्ने महाशाखाले जनाएको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ । धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ ।

महाशाखाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने क्रम सुरु भएकाले मनसुन सक्रिय भएको मौसमविद् वरुण पौडेलले बताए ।
 

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  ०७:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update