Sagun Khabar
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
Atrya hospital

काठमाण्डौ – नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ अनुसार उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहने गरी गएको असार २९ गते गठित अहिलेको मन्त्रिपरिषदमा प्रतिनिधि सभा सदस्य श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update