Sagun Khabar
बैंकमा सामाजिक सुरक्षाभत्ता बुझ्नेको भीड, कोरोनाको जोखिम बढ्दै 
फोटो : बैतडीको सतबाँझस्थित नेपाल इन्भेष्टमेन्ट बैंकमा भत्ता बुझ्नेको भीड,तस्बिर : सुरेश महरा

बैतडी –कोरोना भाइरसको जोखिम कायमै रहेका बेला बैतडीमा जनस्वास्थ्यका मापदण्ड पालनामा भने लापरवाही हुने थालेको छ । कोरोनाको जोखिमबाट बच्नका लागि बेलाबेला साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने र भौतिक दुरी कायम गर्नुपर्ने भएपनि ती मापदण्डको पालनामा लापरवाही हुन थालेको हो ।

निषेधाज्ञा खुकुलो भएसंगै जनस्वास्थ्यका मापदण्ड अपनाउने कार्यमा लापरवाही हुन थालेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने ‘निषेधाज्ञामा खुकुलो भएसंगै स्वास्थ्यका मापदण्ड अपनाउनको संख्या पनि घट्दै गएको छ । यसले कोरोनाको जोखिम बढाएको छ ।’

Atrya hospital

बैंक तथा बित्तीय संस्थाहरुमा अन्य ठाउँको तुलनामा भीडभाड बढेको छ । सामाजिक सुरक्षाभत्ता बैंकबाट भुक्तानी हुने भएपछि भत्ता बुझ्नेहरुको भीड बढेको छ । बैतडीको सतबाँझस्थित नेपाल इन्भेष्टमेन्ट बैंकमा हिजोआज निकै भीड भएको स्थानीयहरुले बताएका छन् । दशरथचन्द नगरपालिका वडा नं १ का सामाजिक सुरक्षाभत्ता बुझ्ने नागरिकहरुको बैंकमा भीड लागेको सतबाँझ प्रहरीचौकीका हवलदार गजेन्द्रबहादुर बिष्टले जानकारी दिए । उनले भने ‘सामाजिक सुरक्षाभत्ता बुझ्ने नागरिक एकै पटक बैंकमा पुग्दा व्यवस्थापनमा निकै समस्या भएको छ ।’

सामाजिक सुरक्षाभत्ता बुझ्ने नागरिकहरुले स्वास्थ्यका मापदण्ड समेत नअपनाएको पाइएको छ । सामाजिक सुरक्षाभत्ता बुझ्न पुगेकाहरु बिना मास्क भीडभाडमा बस्ने गरेका छन् । ८ महिनादेखि सामाजिक सुरक्षाभत्ता नपाएका नागरिक सामाजिक सुरक्षाभत्ता निकासा भएपछि एकैपटक बैंकमा पुग्दा भीडभाड बढेको हो ।

टोल अनुसार भत्ता लिन आउन भनेपनि सबै वडाका एकै पटक आउँदा समस्या भएको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड सतबाँझका प्रमुख गोविन्द बिष्टले जानकारी दिए । उनले भने ‘टोल अनुसार सामाजिक सुरक्षाभत्ता बुझ्न आउन भनेपनि सबै एकैचोटी सेवा प्रवाहमै समस्या भएको छ ।’

कोरोना भाइरसको तेश्रो लहरको चेतावनी आईरहेका बेला यस्ता खालका भीडभाडले कोरोनाको जोखिम बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । बैंक तथा बित्तीय संस्था मात्रै नभएर अन्य ठाउँमा पनि लापरवाही बढेको उनले बताए । उनले भने ‘हामीले स्वास्थ्यका मापदण्डको पालना गरेनौं भने जोखिम बढ्दै जानेछ । यसले हामीलाई भोलीका दिनमा ठूलो समस्या ल्याउन सक्छ । त्यसैले सतर्क रहन आग्रह गर्दछु ।’

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update