Sagun Khabar
बैतडीमा आइतबार नयाँ संक्रमित र संक्रमणमुक्त हुनेको संख्या शुन्य 

बैतडी –बैतडीमा आइतबार कोरोना संक्रमित हुने र निको हुनेको संख्या शुन्य रहेको छ । २१ जनाको एन्टीजेन परीक्षण गरेकोमा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा अहिले २४ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये सुर्नया गाउँपालिकामा ६ जना, पाटन नगरपालिकामा ४ जना, दशरथचन्द नगरपालिकामा ४ जना, दोगडाकेदार गाउँपालिकामा २ जना, सिगास गाउँपालिकामा २ जना, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा एक÷एक जना रहेका छन् । 

Atrya hospital

यस्तै बैतडीमा जिल्ला बाहिरका ४ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले जिल्लाका ७ ओटा स्थानीय तहमा मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जिल्लाका तीनओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका बताइएको छ । 

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १५:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update