Sagun Khabar
बैतडीमा मन्दिरको सुन चोरी प्रकरण : भण्डार घरको ताला फोडेर चोरेको पुष्टि 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका १ रीमस्थित लटिनाथ मन्दिरको सुन भण्डार घरको ताला फोडेर चोरेको पुष्टि भएको छ । गत पौषमा धनबहादुर कार्की, लालबहादुर कार्की, केशव सार्की र हरिकृष्ण सार्कीले योजना बनाएर सुन लुटेको पुष्टि भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

मन्दिरका पूजारी नैनराम सार्कीले गत चैतमा मात्रै मन्दिरको सुन लुटिएको बारेमा थाहा पाएका थिए । मन्दिरमा ९ तोला सुन रहेकोमा र उनीहरुले भण्डार घरको ढोका फोडेर सुन लुटेका हुन् । 

Atrya hospital

मन्दिरको सुनचोरी कार्यमा संलग्न ४ जना र सुन खरीद गर्ने एक जना गरी ५ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ४ जनामाथि चोरी मुद्दा दर्ता भएर अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक शाहीले बताए । 

यस्तै मन्दिरबाट लुटेको सुन खरीद गर्ने दार्चुलाको शैल्यशिखरका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी निरीक्षक शाहीले बताए । बिना  बिल सुन खरीद गर्न नपाइने भएपनि साहुले मन्दिरको लुटेको सुन खरीद गरेको पुष्टि भएको छ । 

९ तोला सुन मध्ये पौने ४ तोला सुन पनि प्रहरीले बरामद गरेको छ । तर बाँकी सुन कहाँ बेचे भन्ने बिषयमा अझै अनुसन्धान भईरहेको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update