Sagun Khabar
बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा जलवायु परिवर्तन सम्बन्धि कार्यक्रम सम्पन्न 

बैतडी- बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा जलवायु परिवर्तन सम्बन्धि दुई दिने कार्यक्रम  सम्पन्न भएको  छ । सेटीगाउँ बहुमुखी क्याम्पसको आयोजना तथा  स्वतन्त्र बिद्यार्थी युनियन र ( एनवाईसीए ) को सहकार्यमा बिहीवारबाट सुरु भएको  जलवायु परिवर्तन सम्बन्धि दुई दिने कार्यक्रम शुक्रबार सम्पन्न भएको  सेटी गाउँ बहुमुखि क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति मोहन   बोहराले जानकारी दिए ।

जिल्लाको डिलाशैनी गाउँपालिका –६, गोकुलेश्वरमा रहेको सेटीगाउँ बहुमुखी क्याम्पसले अहिलेको विश्वव्यापी ज्वलन्त समस्या जलवायु परिवर्तनबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जलवायु उत्थानशीलता, चुनौती र समाधान ’ विषयमा २ दिने कार्यशाला गरेको  थियो ।

Atrya hospital

सो  दुइ दिवसिय  कार्यक्रम   डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ राज भट्टको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको  क्याक्पस  स्ववियु  सभापति  बोहराले  बताए । जलवायु परिवर्तनबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले राखिएको दुई दिने कार्यक्रममा नेपलीज युथ फर क्लाइमेट एक्सन( एनवाईसीए )का पदाधिकारी र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका प्राध्यापक स्यामसुन्दर नाथले  प्रशक्षिण गराएका थिए ।

 कार्यक्रममा गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज बैतडी, सेटीगाउँ माध्यमिक विद्यालय बैतडी, गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुला र सेटीगाउँ बहुमुखी क्याम्पस बैतडी सहित विभिन्न उच्च शिक्षा संस्थानको प्रतिनिधित्व गर्ने गरी ३० जनाको  सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update