Sagun Khabar
बैतडीको सिगास शिक्षा क्याम्पस अध्यक्षमा फेरि ढाँट चयन
Atrya hospital

बैतडी- बैतडीको सिगास शिक्षा क्याम्पसको व्यवस्थापन समिति गठन गरिएको छ । सिगास   गाउँपालिकाको  वडा नं २ गाँजरीमा रहेको सिगास शिक्षा क्याम्पसको नयाँ व्यवस्थापन समिति गठन गरिएको हो ।

बुधवार बसेको आम भेलाबाट सिगास गाउँपालिका भरीको एकमात्र क्याम्पस सिगास शिक्षा क्याम्पसको अध्यक्षमा फेरि जगदिश सिंह ढाँट सर्वसम्मत चयन भएका छन् । भेलाले ढाँटलाई दोस्रो कार्यकालका लागि चयन गरेको जनाइएको छ । यस्तै उपाध्यक्षमा सूर्यबहादुर बोहरा निर्वाचित भएका छन् ।

अध्यक्ष, उपाध्यक्ष सहित २७ सदस्यीय क्याम्पस व्यवस्थापन समिति  गठन गरिएको बताइएको छ । यस्तै समितिको पदेन सदस्यमा बैतडी जिल्लाबाट निर्वाचित संघीय सांसद तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी र प्रदेश सांसद  सुरेन्द्र पाललाई चयन गरिएको छ । नव निर्वाचित क्याम्पस व्यवस्थापन समितिले क्याम्पसको विकासका लागि पहल गर्ने बताएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update