Sagun Khabar
बैतडीको गोकुलेश्वर– सीमार सडक अवरुद्ध 
फाइल फोटो
Atrya hospital

बैतडी –बैतडीको गोकुलेश्वर –सीमार सडक अवरुद्ध भएको छ । डिलाशैनी गाउँपालिका वडा नं ३ पङसेरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शनिबार राती सडकमा पहिरो खसेको हो । 

सडकमा पहिरो खसेपछि दार्चुलाको लटिनाथ जाने र बैतडीको सीमार जाने गाडीहरु बीचबाटोमै रोकिएका छन् । यस्तै चमेलिया हाइड्रोपावर सम्म जाने गाडीहरु पनि रोकिएका छन् । पहिरो पन्छ्याउने काम भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  ११:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update