Sagun Khabar
एसईई : बैतडीका केन्द्रहरुमा आवश्यक सामग्री पठाइयो 

बैतडी –यही चैत १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि बैतडीका सबै केन्द्रहरुमा आवश्यक सामग्री पठाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले एसईईका लागि आवश्यक प्रश्न पत्र, उत्तरपुस्तिका लगायतका सामग्री केन्द्राध्यक्षहरुलाई हस्तान्तरण गरिसकेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए । 

परीक्षालाई मार्यादित रुपमा सञ्चालन गर्ने बिषयमा जिल्लाका २५ ओटै केन्द्रका केन्द्राध्यक्षहरुसंग छलफल समेत भएको उनले बताए । जिल्ला परीक्षा समन्वय समितिका पदाधिकारीसहित केन्द्राध्यक्षहरुसंग एसईईका बिषयमा छलफल भएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । 

Atrya hospital

बैतडीमा यो बर्ष २ हजार ४ सय ५८ छात्र र २ हजार ६ सय ३० छात्रा गरेर ५ हजार ८७ परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । साधारणतर्फ २ हजार २ सय ४ जना छात्र र २ हजार ४ सय छात्रा परीक्षामा सहभागी हुनेछन् भने ग्रेडवृद्धितर्फ ९४ छात्र र १ सय १६ छात्रा गरेर २ सय १० जना सहभागी हुने सूचना अधिकारी शर्माले बताए । 

यस्तै बैतडीमा प्राविधिकधारतर्फ १ सय ५९ छात्र र १ सय १४ छात्रा गरेर २ सय ७३ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update