Sagun Khabar
प्राविधिक शिक्षा सञ्चालन गर्न होली 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका ४ स्थित केदार मावि पिपलकोटले होली खेलेर संकलन भएको रकमबाट प्राविधिक शिक्षा सञ्चालन गर्ने भएको छ । 

विद्यालयमा प्राविधिक धारतर्फका कक्षा सञ्चालन गर्नका लागि होली खेलेर रकम संकलन भइरहेको विद्यालयका शिक्षक नरेन्द्र भट्टले बताए । विद्यालय सेवा क्षेत्रभित्र होली खेलीरहेको उनले बताए । 

Atrya hospital

विद्यालयले परम्परागत संस्कृतिको जगेर्ना गर्नुका साथै विद्यालयमा प्राविधिक शिक्षाको पढाई सञ्चालनका लागि होली खेलीरहेको शिक्षक भट्टले बताए । विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागितामा होली खेल्ने काम भइरहेको छ । 

यही चैत ११ गतेसम्म होली खेल्ने र होलीबाट संकलन भएको रकमले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने तयारी भएको विद्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update