Sagun Khabar
बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा जलवायु परिवर्तन सम्बन्धि कार्यक्रम सुरु 
Atrya hospital

 बैतडी -बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा जलवायु परिवर्तन सम्बन्धि दुई दिने कार्यक्रम सुरु भएको  छ ।  सेटीगाउँ  बहुमुखी क्याम्पसको आयोजना तथा   स्वतन्त्र बिद्यार्थी युनियन र   ( एनवाईसीए ) को सहकार्यमा  जलवायु परिवर्तन सम्बन्धि दुई दिने कार्यक्रम बिहीवारबाट सुरु भएको सेटी गाउँ बहुमुखि क्याम्पस स्वतन्त्र विद्यार्थी  युनियनका उप सभापति  बिर बहादुर  नाथले जानकारी दिए ।

जिल्लाको डिलाशैनी गाउँपालिका –६, गोकुलेश्वरमा रहेको सेटीगाउँ बहुमुखी क्याम्पसले अहिलेको विश्वव्यापीज्वलन्त समस्या जलवायु परिवर्तनबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जलवायु उत्थानशीलता, चुनौती र समाधान ’ विषयमा २ दिने कार्यशाला आयोजना गरिएको उनले बताए ।  

जलवायु परिवर्तनबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने कार्यक्रमको औपचारिक रुपमा उद्धघाटन गरिएको  उनले  बताए । उनका अनुसार कार्यक्रममा गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज बैतडी, सेटीगाउँ माध्यमिक विद्यालय बैतडी, गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुला र  सेटीगाउँ बहुमुखी क्याम्पस बैतडी सहित विभिन्न उच्च शिक्षा संस्थानको प्रतिनिधित्व गर्ने गरी ३० जनाको  सहभागिता रहेको  छ। आजबाट  सुरुभएको कार्यक्रा  भोलि सम्पन्न   हुने  सेटी गाउँ बहुमुखि क्याम्पस स्वतन्त्र विद्यार्थी  युनियनका उप सभापति  नाथले बताए । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update