Sagun Khabar
बैतडीमा पहिरोले एक घर पुरियो 
फाइल फोटो
Atrya hospital

बैतडी –बैतडीमा पहिरोले एक घर पुरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका २ छेपट्टामा घरमाथिबाट खसेको पहिरोले स्थानीय धरम बोहराको घर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

शनिबार राती खसेको पहिरोले घर पुरिँदा गोठमा बाँधेका तीन बाख्रा मरेका छन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बोहराको परिवार अहिले आफन्तको घरमा बसीरहेको प्रहरी निरीक्षक ओझाले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली गएको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १०:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update