Sagun Khabar
सुर्नयामा न्यायिक समितिको निरीक्षण 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकास्थित न्यायिक समितिको निरीक्षण गरिएको छ । जिल्ला अदालतका न्यायधिश हर्कबहादुर क्षेत्रीको नेतृत्वमा रहेको टोलीले बुधबार न्यायिक समितिले सम्पादन गरेका कामहरुको निरीक्षण गरेको हो । 

जिल्लाका स्थानीय तहमा रहेका न्यायिक समितिहरुको जिल्ला अदालतले निरीक्षण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । न्यायिक समितिले सम्पादन गरेका मुद्दा सम्बन्धि कामहरुको अदालतले निरीक्षण गरेको जिल्ला अदालत बैतडीका नायब सुब्बा लक्ष्मीदत्त पन्तले बताए । 

Atrya hospital

जिल्ला न्यायधिशको नेतृत्वमा जिल्ला अदालतको टोलीले न्यायिक समितिको निरीक्षण गर्ने परम्परा रहेको छ । जिल्ला अदालतको टोलीले न्यायिक समितिका कामकारवाहीका बारेमा छलफल र आवश्यक कानुनी परामर्श दिएको सुर्नया गाउँपालिकाकी न्यायिक समिति संयोजक मञ्जु बोहराले बताइन् । 

सुर्नया गाउँपालिकामा चालु आर्थिक बर्षमा एउटा मुद्दा पनि परेको छ । चारओटा समान्य उजुरी आएकोमा ती सबैमा मिलापत्र गरिएको उपाध्यक्ष बोहराले बताइन् । 

न्यायिक समितिलाई प्रभावकारी बनाउने बिषयमा छलफल समेत भएको उनले बताइन् । जिल्ला अदालतबाट निरीक्षणका लागि सुर्नया पुगेको टोलीसंग सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर, उपाध्यक्ष एवं न्यायिक समिति संयोजक मञ्जु बोहरा, वडा अध्यक्ष लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

जिल्ला अदालतको टोलीले अहिले स्थानीय तहका न्यायिक समितिको निरीक्षण गरिरहेको छ । निरीक्षणका क्रममा न्यायिक समितिले किनारा लगाएका मुद्दाहरु कानुन अनुसार भए÷नभएको हेर्ने गरिन्छ । यसका साथै जिल्ला अदालतले आवश्यक निर्देशन समेत दिने गरेको नायब सुब्बा पन्तले बताए । 

नागरिकहरुलाई नजिकै न्याय सम्पादनको सेवा प्राप्त होस भन्ने हेतुले स्थानीय तहमा न्यायिक समिति रहेका भएपनि न्यायिक समिति प्रभावकारी हुन सकेका छैनन् । आवश्यक जनशक्तिको अभाव, न्यायिक समितिले दिने सेवाको बारेमा जानकारीको अभाव लगायतका कारणले न्यायिक समितिका सेवा कम प्रभावकारी हुँदै गएका बताइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update