Sagun Khabar
बैतडीको झुलाघाट नाका  बेलुकी ७ बजेसम्म खुल्ने 
Atrya hospital

बैतडी- बैतडीको झुलाघाट नाका अब बेलुकी ७ बजेसम्म खुल्ने भएको  छ । पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झुलाघाट नाका बेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको हो ।

यसअघि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने सो नाका अबदेखि बेलुका ७ बजेसम्म खोल्ने सहमति भएको  बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए।  बैठकमा भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कताबारे पनि छलफल भएको छ ।

साथै दुवै देशका सीमा क्षेत्रमा हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रण, मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागुऔषध ओसारपसारमा रोकलगायतका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ । मंगलबार   भारतको पिथौरागढमा नेपाल र भारतका अधिकारीहरुबीचको सीमा समन्वय बैठकसम्पन्न भएको थियो । 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update