Sagun Khabar
बैतडीमा अवैध मदिरा बरामद
Atrya hospital

बैतडी- बैतडीमा अवैध मदिरा बरामद गरिएको  छ ।  पाटन बजारबाट कैलपाल जाँदै गरेको जिपबाट प्रहरीले अवैध मदिरा बरामद गरेको   हो ।

पाटन बजारदेखि पाटन–७ कैलपाल जाँदै गरेको से १ ज ५२२ नम्बरको जिपमा लुकाइछिपाइ लगिरहेको १३ पेटी लिची नामक मदिरा, १ पेटी बियर तथा थप एक पेटी अन्य ब्राण्डको मदिरा  बाजपानी नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको अस्थायी प्रहरी पोष्ट बयलचौरले जनाएको छ ।  सम्बन्धित निकायलाई पठाउने प्रक्रिया सुरु भएको अस्थायी प्रहरी पोष्ट बयलचौरका प्रहरी वरिष्ठ हवल्दार नहकुल बहादुर सिंहले बताए ।

पाटन नगरपालिका वडा नम्बर १ र ७ मदिरा निषेधित क्षेत्र हुन् । इलाका प्रहरी कार्यालय पाटन अन्तर्गतको बयलचौर प्रहरीले मदिरा नियन्त्रणमा सक्रियता देखाएको छ । गत फागुन २ गते बयलचौरमा  प्रहरी चौकी स्थापना गरिएको  थियो । अवैध मदिरा बारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update